Syangja Dainik Media
वालिङमा गुडिरहेको स्कुटरमा आगलागी

स्याङ्जाको वालिङमा गुडिरहेको स्कुटरमा आगलागी हुँदा स्कुटर पूर्ण रूपमा जलेर क्षति भएको छ । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार मंगलबार साँझ वालिङ नगरपालिका–५ जगतभञ्ज्याङस्थित वालिङ–चापाकोट भित्री पक्की सडकमा स्कुटरमा आगलागी भएको हो ।

चापाकोटबाट वालिङतर्फ आउँदै गरेको चापाकोट नगरपालिका–९ का करिब २१ वर्षीय मन्दिप विकले चलाएको ग १६ प ६१४५ नम्बरको टीभीएस एनटर्क स्कुटरमा अचानक आगो लागेको प्रहरीले जनाएको छ ।

आगलागीबाट स्कुटर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । घटनामा चालकलाई कुनै चोटपटक नलागेको र मानवीय क्षति नभएको डिएसपी अवस्थीले बताए । आगलागीको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १०, २०८३  २०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update