नेपाली क्रिकेटप्रेमीले अब खेल हेर्ने मात्र नभई खेलको नतिजाबारे अनुमान गर्दै अंक कमाउन र लिडरबोर्डमा अन्य प्रयोगकर्तासँग प्रतिस्पर्धा गर्न सक्ने भएका छन् ।
खेलरोले आफ्नो निःशुल्क स्पोर्ट्स प्रेडिक्शन प्लेटफर्ममा नेपाली क्रिकेटका खेलसमेत समावेश गरेको जनाएको छ ।
नेपाली क्रिकेटमा खेल सुरु हुनुअघिदेखि नै कुन टोलीले जित्ला, कुन खेलाडी चल्लान् र खेलको नतिजा कस्तो आउला भन्ने बहस र अनुमान हुने गर्छ । खेलरोले यही क्रिकेटप्रतिको रुचि र अनुमानलाई डिजिटल प्रतिस्पर्धाको स्वरूपमा जोडेको हो ।
उपलब्ध नेपाली क्रिकेटका खेलमा प्रयोगकर्ताले आफ्नो अनुमान राख्न सक्नेछन् । सही अनुमानका आधारमा अंक प्राप्त गर्दै लिडरबोर्डमा आफ्नो स्थान माथि लैजान र अन्य क्रिकेटप्रेमीसँग प्रतिस्पर्धा गर्न सकिने कम्पनीले जनाएको छ ।
खेलरोका अनुसार क्रिकेटको रोमाञ्च खेल सुरु भएपछि मात्र नभई खेल सुरु हुनुअघि गरिने अनुमानबाट समेत सुरु हुन्छ । कुन टोली बलियो देखिन्छ, कसले जित्ला वा सम्भावित नतिजा के होला भन्ने आफ्नै बुझाइलाई प्रयोगकर्ताले परीक्षण गर्न सक्नेछन् ।
नेपालको क्रिकेट यात्रालाई पछ्याउँदै आएका प्रशंसकका लागि हरेक खेलमा उत्साह, निराशा, अन्तिम ओभरसम्मको तनाव र सम्झनलायक नतिजा जोडिने गरेको छ । खेलरोले यही अनुभवमा अर्को अन्तरक्रियात्मक पक्ष थप्ने उद्देश्यले नेपाली क्रिकेटलाई प्लेटफर्ममा समावेश गरेको जनाएको छ ।
बेटिङ होइन, प्रेडिक्शन
खेलरोले आफूलाई निःशुल्क स्पोर्ट्स प्रेडिक्शन प्लेटफर्मका रूपमा प्रस्तुत गरेको छ । कम्पनीका अनुसार यो बेटिङ प्लेटफर्म नभएकाले खेल्नका लागि पैसा लगानी गर्नुपर्ने व्यवस्था छैन ।
प्रयोगकर्ताले खेलको नतिजाबारे अनुमान गर्ने, सही अनुमानका आधारमा अंक प्राप्त गर्ने र लिडरबोर्डमा आफ्नो स्थान सुधार गर्दै अन्य प्रयोगकर्तासँग प्रतिस्पर्धा गर्नेछन् । प्लेटफर्मको अनुभव खेलसम्बन्धी ज्ञान, अनुमान, अंक र प्रतिस्पर्धामा आधारित रहेको कम्पनीले जनाएको छ ।
खेलरोको यात्रा अन्तर्राष्ट्रिय फुटबलबाट सुरु भएको हो । खेल हेर्ने अनुभवलाई थप अन्तरक्रियात्मक र प्रतिस्पर्धात्मक बनाउने उद्देश्यले तयार गरिएको प्लेटफर्ममा विभिन्न खेल तथा प्रतियोगिताका उपलब्ध खेलको नतिजा अनुमान गर्न र अंकका आधारमा प्रतिस्पर्धा गर्न सकिने व्यवस्था छ ।
अब यही अनुभव नेपाली क्रिकेटमा पनि विस्तार गरिएको खेलरोले जनाएको छ । नयाँ पुस्ताका खेलप्रेमीले खेल हेर्नुका साथै त्यसबारे छलफल, विश्लेषण र अनुमान गर्ने अभ्यासलाई एउटै प्लेटफर्ममा जोड्न सक्ने कम्पनीको भनाइ छ ।
खेलरो SoftNEP ले विकास गरेको प्लेटफर्म हो । कम्पनीका अनुसार खेलरोमा विभिन्न खेल तथा प्रतियोगिताका उपलब्ध खेलको नतिजा अनुमान गर्न, अंक कमाउन तथा लिडरबोर्ड र विभिन्न कन्टेस्टमार्फत प्रतिस्पर्धा गर्न सकिन्छ ।
खेलरो Android र iOS मा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।






