नेपाल प्रेस युनियन स्याङ्जा शाखाको अध्यक्षमा राधाकृष्ण डुम्रे सर्वसम्मत चयन भएका छन् ।
शाखाको नयाँ नेतृत्व चयनका क्रममा अध्यक्षसहित पदाधिकारी, सदस्य तथा महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका हुन् ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा जोगराज पाठक र आरती कुँवर, सचिवमा पवन मरासिनी, सहसचिवमा विक्रम शाही ‘समुन्द्र’ र कोषाध्यक्षमा प्रेमबहादुर थापा चयन भएका छन् ।
त्यस्तै, सदस्यमा अश्विन पंगेनी, भेषराज रेग्मी, पूजा खड्का, प्रज्वल रनपाल र मनिषा परियार चयन भएका छन् ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिमा ओमप्रकाश शर्मा, प्रदीप कोइराला, प्रकाश डोटेल, भूपराज बस्याल, तोलाकान्त बगाले, अमृत अर्याल, ऋषि बस्याल र क्रान्तिदीपा अर्याल सर्वसम्मत छनोट भएका छन् ।
प्रदेश प्रतिनिधिमा जोगराज पाठक, गोपीकृष्ण रेग्मी, शंकर सुवेदी, कल्याणी खाँण, भुवन भण्डारी, बबिन पाठक, रामचन्द्र उपाध्याय, निशा भट्टराई र स्मृति ढकाल चयन भएका छन् ।






