Syangja Dainik Media
स्याङ्जाको शिशु निकेतनले होटल म्यानेजमेन्ट विषयको कक्षा सुरु गर्दै
Demo Pic

स्याङ्जाको पुतलिबजार नगरपालिका -३, बाडखोलामा रहेको शिशु निकेतन माविले शैक्षिक सत्र २०८२ देखि कक्षा एघारमा होटल म्यानेजमेन्ट विषयको अध्यापन सुरु गर्ने भएको छ ।

विद्यार्थीहरुको रोजाइमा रहेको यस विषय सुरु गर्ने शिशु निकेतन स्याङ्जाको सदरमुकाम स्याङ्जा र पुतलिबजार नगरपालिकामा पहिलो हो । वि. सं. २०५७ सालमा स्थापित यस विद्यालयले बद्लिदो समय, परिस्थितिअनुरुप आफ्ना कार्यक्रमहरु पस्कदै आएको छ ।

अहिले विद्यार्थीहरुको माग होटल म्यानेजमेन्टमा रहेको छ, स्याङ्जामा यो आवश्यकतालाई पूरा गर्नला लागि साथै पुतलिबजार र वरपर रहेर होटल म्यानेजमेन्ट पढ्न चाहने विद्यार्थीहरुलाई पलायन हुनबाट रोक्नका लागि यो बिषय सुरु गरिएको विद्यालयका प्रधानाध्यापक मनोज मल्लको भनाइ रहेको छ ।

आजका मितिसम्म होटल म्यानेजमेन्ट पढ्न चाहने विद्यार्थीहरु पोखरालगायतका ठाउँमा जानुपर्ने बाध्यता थियो ।

"होटल म्यानेजमेन्ट पढेका विद्यार्थीहरुको माग विश्व बजारमा रहेकाले, समयनुरुपको विषय हाम्रो छनोटमा परेको हो । यसको पठनपाठनका निम्ति सम्पूर्ण कामहरु भैसकेको छ।", विद्यालयका एकेडेमिक डिन राजेन्द्र बहादुर गोदारले बताएका छन् । 

शैक्षिक सत्र २०८१ को नतिजा प्रकाशनको तयारीसँगै विद्यालयले कक्षा संचालनलाई तदारुकताका साथ अगाडि बढाएको छ र त्यसका लागि आवश्यक ल्याब व्यवस्थापनको काम गरिरहेको विद्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update