Syangja Dainik Media
ट्याक्टर पल्टिँदा १८ वर्षीय युवक र चालक गम्भीर घाइते

स्याङ्जाको बिरुवा गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक युवक र चालक गम्भीर घाइते भएका छन् ।

मंगलबार दिउँसो बिरुवा गाउँपालिका–५ सम्मखोरीस्थित बिरुवा–किचनास सडकखण्डमा किचनासतर्फबाट बिरुवातर्फ आउँदै गरेको ग १ त २९६४ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्याक्टरमा सवार बिरुवा गाउँपालिका–१ का १८ वर्षीय दिवस भुजेल र चालक नवलपरासी पश्चिम बर्दघाटका २४ वर्षीय कृष्ण चौधरी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।

घटनापछि दुवै घाइतेलाई प्राथमिक उपचार पश्चात् थप उपचारका लागि एम्बुलेन्समार्फत पोखरास्थित गण्डकी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनापछि ट्याक्टर घटनास्थलमै रहेको छ भने सडक आवागमनमा कुनै अवरोध भएको छैन । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २, २०८३  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update