Syangja Dainik Media
अर्जुनचौपारी गाउँपालिकाका रास्वपा सभापति कमलकान्त अर्याल निलम्बित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका सभापति कमलकान्त अर्याललाई पार्टीबाट निलम्बन गरेको छ ।

पार्टीको विधि, विधान र अनुशासनविपरीत गतिविधि गरेको आरोपमा जिल्ला नेतृत्वले उनलाई निलम्बन गरेको हो ।

रास्वपा स्याङ्जाका सभापति रुक्मागत भण्डारी (विश्वास) ले विज्ञप्ति जारी गर्दै अर्यालमाथि छानबिनपछि निलम्बनको निर्णय गरिएको जानकारी दिएका छन् । पार्टीको विधि, विधान र अनुशासनविपरीत विभिन्न गतिविधि सञ्चालन गरेको पाइएपछि उनलाई कारबाही गरिएको भण्डारीले बताएका छन् ।

पार्टीको निर्णयपछि अर्यालले जिल्ला नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् । आफूले गरेको भनिएको गल्ती सार्वजनिक गर्न उनले माग गरेका छन् ।

अर्याल अर्जुनचौपारी गाउँपालिकामा रास्वपाका संस्थापक सभापति हुन् ।

प्रकाशित मिति: बुधबार, मंसिर ९, २०८३  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update