Syangja Dainik Media
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु

स्याङ्जाको पुतलीबजार नगरपालिका–४ नौडाँडामा मोटरसाइकल र ट्याक्सी आपसमा ठोकिँदा एक युवकको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो नौडाँडाबाट सेतीदोभानतर्फ जाँदै गरेको ग २५ प ९६२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ग १ ज २४९३ नम्बरको ट्याक्सी ठोक्किएका थिए ।

दुर्घटनामा मोटरसाइकल चालक आँधीखोला गाउँपालिका–६ का २४ वर्षीय घनश्याम ढकाल घाइते भएका थिए ।

उनलाई उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल पठाइएकोमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

दुवै सवारीसाधन र ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update