नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर १ प्रदेश ‘ख’ मा सभापतिबाहेक सबै पदमा सर्वसम्मत कार्यसमिति चयन भएको छ । प्रदेश ‘ख’ का सभापति प्रकाश तिवारीको पहलमा सहमतिको प्रयास गरिएपछि अधिकांश पदमा निर्विरोध नेतृत्व चयन भएको हो ।
सभापति तिवारीले पार्टीभित्र सहमति कायम गरेर कार्यसमिति चयन गर्ने प्रयास गरिएको बताए । सभापति पदमा पनि सहमतिको प्रयास जारी रहे पनि कुमबहादुर गुरुङ र नवीन ढकालले छुट्टाछुट्टै मनोनयन दर्ता गरेपछि उक्त पदमा निर्वाचन हुने भएको छ ।
‘सबैलाई समेटेर सहमतिमै कार्यसमिति बनाउने प्रयास गरेका हौँ । सभापति पदमा पनि सहमतिको प्रयास जारी छ,’ तिवारीले भने ।
सभापतिबाहेक उपसभापतिमा शेरबहादुर कार्की, सचिवमा मोतीप्रसाद मरासिनी तथा सहसचिवमा अयुव मियाँ र सुशील सुवेदी सर्वसम्मत चयन भएका छन् ।
खुला सदस्यमा अर्जुनबहादुर गोदार क्षेत्री, महादेव अर्याल र राजेन्द्रप्रसाद ढकाल चयन भएका छन् । महिला सदस्यमा तारा क्षेत्री, दलित सदस्यमा कमला विक, युवा सदस्यमा सचिन खनाल तथा समानुपातिक सदस्यमा हिमाल शर्मा, सुजन भण्डारी र अनिश अधिकारी सर्वसम्मत भएका छन् ।
यसैगरी, क्षेत्र नम्बर १ प्रदेश ‘ख’ तर्फको प्रदेश प्रतिनिधिमा पनि श्रमिक क्लस्टरबाहेक सबै पदमा सर्वसम्मत चयन भएको छ । श्रमिकतर्फ प्रल्हादजंग मरासिनी र जगतबन्धु पोख्रेलले मनोनयन दर्ता गरेका छन् ।
महिला प्रतिनिधिमा लक्ष्मी कार्की र माया केसी गुरुङ चयन भएका छन् । खुलातर्फ अमृत क्षेत्री, अरुण गिरी, माधव रेग्मी, सन्तोष रेग्मी, तिलकराम पौडेल, दिनेश केसी, प्रतापराज पौडेल र संजीव कार्की चयन भएका छन् ।
पेशागततर्फ ई. चेतनाथ न्यौपाने (दिपेन), युवातर्फ आयुष रानाभाट र अच्चम गुरुङ, अपाङ्गतातर्फ केशवप्रसाद ढकाल, शहीद परिवार तथा प्रजातन्त्र सेनानीतर्फ शिवबहादुर थापा, दलिततर्फ सागर नेपाली र अल्पसंख्यकतर्फ अलि मियाँ चयन भएका छन् ।
समानुपातिकतर्फ नवराज पौडेल, दिपेन्द्र पौडेल, तुलबहादुर गुरुङ, धनकुमारी थापा मगर, श्यामकुमार राना र मुक्तिप्रसाद रेग्मी सर्वसम्मत चयन भएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको निर्वाचन असोज १३ गते हुँदैछ । सभापति र श्रमिक क्लस्टर यी दुई पदमा दुई जनाको उम्मेदवारी परेकाले उक्त पदमा निर्वाचन हुनेछ ।






