Syangja Dainik Media
स्याङ्जामा महिलालाई नि:शुल्क लोकसेवा तयारी कक्षा

स्याङ्जामा महिलालाई २० दिने नि:शुल्क लोकसेवा तयारी कक्षा सुरु गरिएको छ ।

निजामती सेवामा महिलाको सहभागिता बढाउने उद्देश्यले सामाजिक विकास कार्यालय स्याङ्जाले नि:शुल्क कक्षा सुरु गरेको हो । महिलालाई लक्षित गर्दै (खसआर्य, जनजाती, दलित, अपांग) लगायत ४० जनालाई सहभागी गराई खरिदार तह सरहका कक्षा सुरु गरिएको हो ।

SDO_SYJ ADS

मंगलबारदेखि सुरु गरिएको तयारी कक्षाको औपचारिक रुपमा सुभारम्भ गर्दै स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले यो २० दिन पर्याप्त नभएको बताउँदै कक्षाको सहि सदुपयोग गर्दै अध्ययनको बानी बढाउन सुझाव दिइन् ।

उक्त कार्यक्रममा करदाता सेवा कार्यालय स्याङ्जाका प्रमुख गङ्गा बस्याल, शाखा अधिकृत संयोग भट्टराई, सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेल, नायब सुब्बा दोर्णप्रसाद पनेरु लगायतले अध्ययनशील युवाहरूको पहिलो रोजाई निजामती सेवा भएको बताउँदै निःशुल्क कक्षाबाट धेरै भन्दा धेरै लाभ लिन आग्रह गरे ।

२० दिने तयारी कक्षामा ६० सेसन हुनेछ । जिल्ला तथा केन्द्रमा बसी आयोग सम्बन्धी अनुभवी प्रशिक्षकद्वारा दैनिक साढे ४ घण्टा पढाउने गरी कक्षा लिइने सामाजिक विकास कार्यालय प्रमुख जीवन पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update