Syangja Dainik Media
८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

स्याङ्जामा ८ वर्षीया नाबालिकालाई ललाईफकाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार अर्जुनचौपारी गाउँपालिका–२ खाल्टे का ३० वर्षीय सुरज भन्ने सुरोज नेपालीलाई शनिबार पक्राउ गरिएको हो ।

परिवर्तित नाम ‘०८३/०८४ भीरकोट–आर’ भएकी ८ वर्षीया नाबालिकालाई ललाईफकाई जबरजस्ती करणी गरेको भन्दै जाहेरी परेपछि नेपालीलाई असोज १७ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

पक्राउ परेका नेपालीविरुद्ध जबरजस्ती करणी मुद्दामा अनुसन्धान अघि बढाइएको छ । स्याङ्जा जिल्ला अदालतबाट असोज १८ गते पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको अवस्थीले बताए ।

प्रहरीले घटनासँग सम्बन्धित थप विवरण अनुसन्धानपछि खुल्ने जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update