Syangja Dainik Media
चापाकोटमा आगलागी, लाखौंको क्षति
SDO_SYJ ADS

स्याङ्जाको चापाकोट नगरपालिका – ८ दामाचौरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । घरको गोठमा विद्युतको तार सर्ट हुँदा आगलागी भएको बताइएको छ । 

आगलागीबाट स्थानीय देविलाल न्यौपानेको दुई तले जस्ताको छानो भएको गोठमा रहेको अन्दाजी १०० भारी पराल जलेर नष्ट हुँदा करिब एक लाख पच्चीस हजार रुपैयाँ बराबरको  क्षति भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।

आगो नियन्त्रणमा लिइसक्दा घटनामा कुनै मानवीय तथा चौपायामा क्षति नभएको प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update