Syangja Dainik Media
स्याङ्जामा विङ्गर भ्यान दुर्घटना: एकको मृत्यु, एक घाइते

स्याङ्जाको वालिङ् नगरपालिका – ६ माझकोटमा विङ्गर भ्यान दुर्घटना भएको छ । दुर्घटनामा परी एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

मृत्यु हुनेमा वालिङ् नगरपालिका – ७ हिलापानी बस्ने ४८ वर्षीया दिलसरा आले रहेकी छन् । भ्यानमा सवार आले दुर्घटनास्थलमा नै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक प्रवेश तिवारीले बताए ।

SDO_SYJ ADS

त्यस्तै, दुर्घटना पश्चात् फरार रहेका चालक २८ वर्षीय सुरज थापा घाइते अवस्थामा फेला परेकोमा प्राथमिक स्वास्थ्य केन्द्र वालिङ्मा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको तिवारीले जानकारी दिए ।

आइतबार सबेरै करिब ३ बजे वालिङ् – चापाकोट भित्री सडकखण्डमा ग १ ज ७५११ नम्बरको विङ्गर भ्यान सडकबाट करिब १५० मिटर तल खस्दा दुर्घटना भएको तिवारीले जानकारी दिए । दुर्घटनाको कारण भने खुलेको छैन । 

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update