पोखरामा टिप्परको ठक्करबाट फेदीखोलाकी एक महिलाको मृत्यु

पोखरामा टिप्परको ठक्करबाट स्याङ्जा फेदीखोलाकी एक महिलाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका -२२ पुम्दीभुम्दीको बगालटारीमा आज करिब साढे १२ बजे टिप्परले ठक्कर दिँदा स्याङ्जा फेदीखोलाको सर्केटारीकी ४२ वर्षीया मिना क्षेत्रीको मृत्यु भएको हो ।
पोखराको छोरेपाटनबाट पुम्दीभुम्दीतर्फ जाँदै गरेको ग १ ख ३४४५ नम्बरको टिप्परले सोही दिशातर्फ जाँदै गरेको ग २६ प १२५९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक मिना गम्भीर घाइते भएकी थिइन् ।
उनलाई प्रहरी र स्थानीयले उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा) लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिप्पर चालक र टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२ १९:५०
प्रतिक्रिया दिनुहोस्