Syangja Dainik Media
पेल्काचौरमा दशैँ पूर्णिमा मेलामा भलिबल प्रतियोगिता हुने

स्याङ्जाको पुतलीबजार नगरपालिका -१२ पेल्काचौरमा दशैँ पूर्णिमा मेला हुने भएको छ । आगामी कार्तिक १ देखि ६ गतेसम्म हुने मेलाको अवसरमा भलिबल प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम समेत रहनेछन् ।

`हाम्रो गौरव, हाम्रो पौरख हाम्रो पेल्काचौर´ भन्ने मूल नाराका साथ मनकामना युवा क्लब पेल्काचौरद्वारा आयोजित दशैँ पूर्णिमा मेलाको आकर्षणका रुपमा अन्तर वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताका साथमा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने क्लबका अध्यक्ष राजेन्द्र शर्माले जानकारी दिए ।

SDO_SYJ ADS

मेलाका आकर्षणको रुपमा रहेको अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख, द्वितीयले ६० हजार र तृतीय हुनेले ४० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै, अन्तर वडा स्तरीय महिला भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार, द्वितीयले २० हजार र तृतीय हुनेले १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष शर्माले बताए ।

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update