Syangja Dainik Media
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ

स्याङ्जाको पुतलीबजार नगरपालिका–७ बाचपुरका ७१ वर्षीय तुलबहादुर कार्की आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेका छन् ।

शनिबार बेलुका खाना खाएर सुत्न गएका कार्की भोलिपल्ट बिहान कोठाभित्रै मृत अवस्थामा भेटिएको सूचना प्रहरीलाई प्राप्त भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

सूचना पाएलगत्तै अनुसन्धानका लागि घटनास्थल पुगेको प्रहरीको टोलीले प्रारम्भिक निरीक्षणका क्रममा मृतकको शरीरका विभिन्न भागमा चोटपटक देखिएको जनाएको छ ।

घटनामा संलग्न रहेको आशंकामा सोही स्थानका ३५ वर्षीय तोरण कार्कीलाई नियन्त्रणमा लिइएको छ । उनलाई आइतबार नै पक्राउ गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चौधरीले बताए ।

स्याङ्जा जिल्ला अदालतबाट पाँच दिन म्याद थप अनुमति लिई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको स्याङ्जा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  २०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update