Syangja Dainik Media
स्याङ्जाका आठ स्थानीय तहमा फागुन १५ गते सार्वजनिक बिदा

मगर समुदायको ४४औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा स्याङ्जाका आठ स्थानीय तहले शुक्रबार (फागुन १५ गते) सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

जिल्लाका ११ स्थानीय तहमध्ये पुतलीबजार नगरपालिका, भीरकोट नगरपालिका, वालिङ नगरपालिका, गल्याङ नगरपालिका र चापाकोट नगरपालिकाका साथै कालीगण्डकी गाउँपालिका, हरिनास गाउँपालिका र बिरुवा गाउँपालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै बिदाको घोषणा गरेका हुन् ।

स्थानीय तहहरूले जारी गरेको सूचनाअनुसार पालिकाभित्रका वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघ–संस्थामा बिदा दिइएको जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  २१:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update