Syangja Dainik Media
मदन भण्डारी स्पोर्ट्स एकेडेमी स्याङ्जाको अध्यक्षमा गुरुङ

मदन भण्डारी स्पोर्टस् एकेडेमि स्याङ्जाको अध्यक्षमा भविराज गुरुङ चयन भएका छन् ।

जिल्लामा खेलकुदको गतिविधि बढाउने उद्देश्यले स्थापना गरिएको एकेडेमीको प्रथम जिल्ला अधिवेशनबाट गुरुङको अध्यक्षतामा ३५ सदस्यीय कमिटी गठन गरिएको छ ।

SDO_SYJ ADS

कमिटीको उपाध्यक्षमा नवीन कुमार गुरुङ, सचिवमा चित्र वहादुर भुजेल, कोषाध्यक्षमा रमेशकुमार अधिकारी र सह-सचिवमा सुशील राना रहेका छन् ।

कमिटीको सदस्यमा इमान सिंह ठकुरी, रमेश श्रेष्ठ, विक्की श्रेष्ठ, किरण काफ्ले, महेन्द्र श्रेष्ठ, वेग बहादुर केसी, सन्तोष गुरुङ, लिल बहादुर केसी, पुजा पाठक, मीन बहादुर राना, कर्ण गुरुङ, अर्जुन थापा, लक्ष्मी पौडेल, ध्रुव तिवारी, रोशन लामिछाने लगायत रहेका छन् ।

अधिवेशनमा एकेडेमीका केन्द्रिय अध्यक्ष ध्रुव आचार्यले समग्र खेलकुद गतिविधि बढाउन एकेडेमीमे महत्त्वपूर्ण भूमिका खेल्ने बताए । एकेडेमी साझा संस्था भएको दाबी गर्दै आचार्यले सबै खेलप्रेमीलाई जोडे खेलकुदको विकासमा टेवा पुग्ने बताए ।

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update