स्याङ्जा मालपोत अगाडि विचौलिया समातिए, सेवाग्राहीलाई हैरानी दिएको आरोप
सरकारी कार्यालयलाई विचौलियामुक्त बनाउने अभियानअन्तर्गत स्याङ्जामा एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका अनुसार पुतलीबजार नगरपालिका–१ स्थित मालपोत कार्यालयमा सेवा लिन आएका सेवाग्राहीलाई अनावश्यक दुःख दिने गरेको सूचनाका आधारमा विशेष टोली परिचालन गरिएको थियो ।
सोही क्रममा आज मालपोत कार्यालय अगाडि विचौलियाको काम गरिरहेको आरोपमा आँधीखोला गाउँपालिका–६ टिकाजाका ३० वर्षीय अमृत ढकाललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका ढकालमाथि आवश्यक अनुसन्धान सुरु गरिएको र कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।
प्रकाशित मिति: सोमबार, चैत २३, २०८२ २१:५०
प्रतिक्रिया दिनुहोस्





