Syangja Dainik Media
नि : शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर -१३ मा नि : शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

आगामी मङ्सिर ८ र ९ गते पुतलीबजार नगरपालिका वडा नम्बर -१३ स्थित सातुपसल स्वास्थ्य चौकीमा नि : शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने नेपाल शिक्षा, वातावरण  र स्वास्थ्य संस्था (NEEM)का अध्यक्ष शंकर गैह्रेले जानकारी दिए ।

SDO_SYJ ADS

नेपाली विशेषज्ञ चिकित्सक टोलीको रोहबरमा विदेशी स्वयंसेवक टोलीको साथमा आयोजित शिविरबाट सेवा, सुविधाको लाभ तथा फाइदा लिन पुतलीबजार नगरपालिका -१३ का वडा अध्यक्ष जुद्ध बहादुर थापा (मगर)ले आग्रह गरे ।

शिविरमा सामान्य चिकित्सा (उच्च रक्तचाप, मधुमेह, ज्वरो, रुघाखोकी, ग्यास्ट्रीक आदि), दन्त रोग, नाक, कान, घाँटी, छाला रोग, नशा तथा हड्डी सम्बन्धी रोग, स्त्रीरोग, अन्य सरुवा रोहहरु, रगत पिशावको परिक्षण तथा नि : शुल्क औषधि वितरण समेत गरिने संस्थाले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update