Syangja Dainik Media
स्याङ्जामा दुई युवक लागूऔषधसहित पक्राउ

स्याङ्जाको पुतलीबजार नगरपालिका–३ बाडखोलामा राति गस्तीका क्रममा प्रहरीले दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।

पुतलीबजार–१२ घर भई हाल बाडखोलामा बस्दै आएका २१ वर्षीय सुनिल विकलाई १२० ग्राम लागूऔषध (गाँजा)सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

साथै, नुवाकोट तारकेश्वर गाउँपालिका–९ घर भई हाल पुतलीबजार–३ बस्दै आएका २३ वर्षीय उत्तम ढुङ्गानालाई पनि विकसँगै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रसन्नराज चौधरीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले गए राति गस्तीका क्रममा शंकास्पद रूपमा हिँडिरहेका व्यक्तिहरूलाई जाँच गर्दा उनीहरूको शरीरमा लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा जस्तो देखिने पदार्थ फेला पारेको हो ।

पक्राउ परेका दुवै जनालाई लागूऔषध मुद्दामा अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२  २०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update