Syangja Dainik Media
स्याङ्जाका युवाहरु तीन पाङ्ग्रे टेम्पोमा मुस्ताङ पुगे

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा रहेको हिमाल पारीको जिल्ला मुस्ताङमा स्याङ्जाका युवाहरु तीन पाङ्ग्रे टेम्पोमा पुगेका छन् ।

सामान्यतः दुई पाङ्ग्रे वा चार पाङ्ग्रे साधन लिएर घुम्न जाने गरिरहेका स्वदेशी तथा विदेशी पर्यटकहरुलाई तीन पाङ्ग्रे साधनसमेत लिएर सहजै पुगेर आउन सकिने सन्देश स्याङ्जाका युवाहरुले दिएका छन् ।

SDO_SYJ ADS

'थोरै जोखिम मोलेर हामीले टेम्पो लिएर आयौं, बाटो अप्ठ्यारो छ भनेर आउन नसकेका पर्यटकलाई टेम्पो पनि सहजै पुग्छ भन्ने सन्देश पाएपछी आउन चाहने पर्यटकहरुलाई सहज हुन्छ' टेम्पो चालक सलिम अलिको भनाइ छ ।

उनले स्याङ्जाबाट तीनवटा टेम्पोमा नौ जनाको समूह बनाएर मुस्ताङ पुगेको बताए ।

पर्यटनको गन्तव्य बनेको मुस्ताङका प्रमुख पर्यटकीय गन्तव्यहरु हिमाली हावापानी, उजाड पहाड, थकाली मौलिक कला संस्कृति, जीवनशैली, विभिन्न ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड, कागबेनी, ढुम्बा ताल, मार्फा, ऎतिहासिक बस्ती लोमन्थाङ, ठिनी र पुराना ऎतिहासिक गुफाहरु रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update