Syangja Dainik Media
आश्रमका बटुकलाई पोशाक वितरण

स्याङ्जाको पुतलीबजार नगरपालिका -१४ लामागे स्थित पाणिनी संस्कृत गुरुकुल आश्रमका बटुक (विद्यार्थी)लाई लायन्स क्लब स्याङ्जा पुतलीबजारले पोशाक एवं स्टेसनरी सामान वितरण गरेको छ ।

एक कार्यक्रमका बीचमा जिएसटी संयोजक डोल राज शर्मा (कृष्ण रेग्मी)ले आफ्ना छोराहरू विक्रम र विमल रेग्मीको जन्मोत्सवको अवसरमा आश्रमका २१ जना बटुकलाई पोशाक एवं स्टेसनरी सामान वितरण गरेका हुन् ।

SDO_SYJ ADS

धर्म, संस्कृति, रितिरिवाज भावी पुस्तालाई हस्तान्तरण गर्न नसकिने होकी भन्ने आशंका उब्जेको अवस्थामा गुरुकुलले प्रशंसायोग्य काम गर्दै आएको कुरामा डिपार्टमेन्ट हेड एवं क्लबका चार्टर्ड प्रेसिडेन्ट श्री गुरुङले जोड दिएका थिए ।

कार्यक्रममा गुरुङले लायन्सद्वारा गरिएको सहयोगी कर्मको प्रशंसा गर्दै सामाजिक दायित्व बहनका साथ समाज परिवर्तनमा सबैले हातोमालो गर्न आह्वान समेत गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  २०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update