Syangja Dainik Media
सहकारी व्यवस्थापनलाई व्यवस्थित बनाउन स्याङ्जामा म्यानेजर्स क्लब सक्रिय

कोअपरेटिभ म्यानेजर्स क्लब, स्याङ्जाको प्रथम साधारण सभा तथा सहकारी व्यवस्थापनसम्बन्धी अनुशिक्षण कार्यक्रम वालिङमा सम्पन्न भएको छ । कार्यक्रममा सहकारी क्षेत्रलाई विद्यमान नियामकीय संरचना अनुसार व्यवस्थित र प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो ।

साधारण सभाले शिव वाग्लेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा लेखबहादुर केसी, सचिवमा अच्युत पोखरेल र कोषाध्यक्षमा ध्रुव नारायण श्रेष्ठ चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा चन्द्रा ढकाल गौतम, शालिकराम पाण्डे, ओमबहादुर थापा, निमप्रसाद न्यौपाने, नमुना अर्याल, नवराज शर्मा, सुन्दर कोइराला, कृष्णप्रसाद पंगेनी र टंकनाथ तिवारी चयन भएका छन् ।

क्लबले हुम नारायण शर्माको संयोजकत्वमा नौ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । समितिमा चिन्तामणि पौडेल, बिन्दु शर्मा, गणेशराज देवकोटा, लालबहादुर आले, दिपेन्द्र पराजुली, गोपाल गाहा, तुलसी थापा र संगिता रुचाल सदस्य रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष शिव वाग्लेले स्याङ्जामा सहकारी अभियानलाई थप सशक्त, व्यवस्थित र एकरूप ढंगले अगाडि बढाउन क्लब सक्रिय रहने बताए ।

कार्यक्रममा वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँण, जिल्ला सहकारी संघ लिमिटेड स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेल, जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष लोकनाथ रेग्मी, निवर्तमान अध्यक्ष रविन्द्र श्रेष्ठ तथा सहकारी अभियन्ता सीता पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ २, २०८३  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update