चोरी मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार चोरी मुद्दामा स्याङ्जा जिल्ला अदालतको २०८२ असार १० गतेको फैसलाले ३ महिना ७ दिन कैद तथा ४ हजार रुपैयाँ जरिवाना सजाय सुनाइएका प्रतिवादीलाई पक्राउ गरिएको हो ।
प्रहरीले परिवर्तित नाम ०८१/०८२ आँधीखोला–१७० का प्रतिवादीलाई बिहीबार फेदीखोला गाउँपालिका–१ कुभिन्डेबाट पक्राउ गरेको जनाएको छ ।
फरार अवस्थामा रहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले खोजतलासका क्रममा नियन्त्रणमा लिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।
पक्राउ परेका प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।





