Syangja Dainik Media
अर्जुनचौपारीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव हुने

अर्जुनचौपारी गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव हुने भएको छ ।

अर्जुनचौपारी गाउँपालिकाको दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा बृहत शैक्षिक महोत्सव यहि मङ्सिर ६ गतेदेखि ८ गतेसम्म पालिकाको खेलमैदानमा संचालन हुने प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले जानकारी दिए ।

SDO_SYJ ADS

पालिकाभित्रका विभिन्न निजी तथा सामुदायिक विद्यालयहरुका विद्यार्थीबिच छात्र र छात्रा चम्चा दौड, म्युजिकल चियर, एकल नृत्य, डोरी तान्ने, रिले दौड, बोरा दौड, हाइजम्प, लङजम्प, त्रीपलजम्प, छेलो हान्ने, कबड्डी, भाला फाल्ने, भलिबल तथा विभिन्न दुरीमा दौड लगायतका प्रतियोगिता हुने पाण्डेले बताए ।

आयोजित राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सवमा पालिकाभित्रका ३३ विद्यालयका विद्यार्थीहरुको सहभागी रहने पालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए ।

उक्त प्रतियोगितामा प्रत्येक खेलाडीको एक लाख रुपियाँ बराबरको बिमा गरिने बताउँदै विद्यालयस्तरमा अध्ययन गर्ने विद्यार्थीहरुको खेलप्रति रुचि बढाउने, प्रतिस्पर्धामार्फत उत्कृष्ट खेलाडी छनौट गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने अवसर सिर्जना गर्न प्रतियोगिता एवं महोत्सव राखिएको अध्यक्ष तिवारीले बताए ।

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update