मोटरसाइकल चोरी आरोपमा एक युवक पक्राउ
स्याङ्जाको पुतलीबजार नगरपालिका–२ दुर्गानगरबाट चोरी भएको मोटरसाइकल प्रकरणमा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
चोरीको घटनामा संलग्न रहेको आरोपमा कास्कीको पोखरा महानगरपालिका–१७ छोरेपाटन शीतलचौतारीका २३ वर्षीय दिपेश गुरुङलाई वडा प्रहरी कार्यालय बैदामको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।
उनका अनुसार गुरुङविरुद्ध चोरी सम्बन्धी कसुरमा स्याङ्जा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान अघि बढाइएको छ ।
प्रहरीका अनुसार गत ३ गते राति पुतलीबजार–२ दुर्गानगरबाट ग ९ प ६१४० नम्बरको क्रसफायर मोटरसाइकल चोरी भएको थियो । सोही घटनाको अनुसन्धानका क्रममा गुरुङ पक्राउ परेका हुन् ।
प्रकाशित मिति: मंगलबार, असार १६, २०८३ ०६:४७
प्रतिक्रिया दिनुहोस्







