Syangja Dainik Media
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु

अर्जुनचौपारी गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु भएको छ ।

पालिकाको खेलमैदानमा बिहीबारदेखि शुरु भएको उक्त महोत्सव मङ्सिर ८ गतेसम्म संचालन हुनेछ । उक्त महोत्सवमा पालिकाभित्रका विभिन्न निजी तथा सामुदायिक विद्यालयहरुका विद्यार्थीबिच विभिन्न खेलकुद प्रतियोगिता हुनेछन् ।

SDO_SYJ ADS

कक्षा –१ देखि कक्षा –५ सम्म चम्चा दौड, म्युजिकल चियर, एकल नृत्य प्रतियागिता रहनेछन् भने कक्षा –६ देखि कक्षा –१२ सम्म विभिन्न दुरीमा दौड, रिले दौड, हाइजम्प, लङजम्प, त्रीपलजम्प, छेलो हान्ने, कबड्डी, भाला फाल्ने, डोरी तान्ने र भलिबल खेल हुनेछन्  ।

४५ स्वर्ण, ४५ रजत र ४५ कास्य पदकको लागि प्रतिस्पर्धा हुने प्रतियोगितामा  पालिकाभित्रका ३३ विद्यालयका कक्षा –१ देखि १२ कक्षासम्मका विद्यार्थीहरुको सहभागी रहेको छ ।

आयोजित राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सवमा आईसीसी महिला यु-१९ विश्वकपका लागि छनोट क्रिकेट खेलाडीलाई गाउँपालिकाले पुरस्कृत गरेको छ ।

विश्वकप खेल्ने तीनैजना महिला क्रिकेट खेलाडी ज्योत्सनिका मरासिनी, सिमाना केसी र कुसुम गोदारलाई प्रोत्साहन स्वरुप जनही पन्ध्र हजार रुपियाँसहित सम्मान पत्र र जिल्ला क्रिकेट संघ स्याङ्जाका अध्यक्ष दिवाकर थापालाई सम्मान पत्रले सम्मान गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update