Syangja Dainik Media
स्याङ्जामा विभिन्न मुद्दामा फरार पाँच प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न कसुरमा जरिवाना तोकिएपछि फरार रहेका पाँच जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार फरार प्रतिवादीहरूको खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये सम्बन्धविच्छेदसम्बन्धी कसुरमा दुई जना, डाँका चोरीसम्बन्धी कसुरमा एक जना, कुटपिटसम्बन्धी कसुरमा एक जना र विदेशी विनिमय कारोबारसँग सम्बन्धित कसुरमा एक जना रहेका छन् ।

स्याङ्जा जिल्ला अदालतबाट विभिन्न कसुरमा जरिवाना तोकिएपछि फरार रहेका उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाही तथा जरिवाना असुलका लागि अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update