स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा
स्याङ्जाका चार वटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् ।
इस्लाम धर्मका संस्थापक तथा प्रवर्तक पैगम्बर हजरत मोहम्मद सल्लल्लाहु अलैही वसल्लमको १५०१औं जन्मदिनका अवसरमा ती स्थानीय तहले सार्वजनिक बिदा दिएका हुन् ।
११ वटा स्थानीय तह रहेको स्याङ्जामा पुतलीबजार, भीरकोट, वालिङ र गल्याङ नगरपालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै आज बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३ ०७:३९
प्रतिक्रिया दिनुहोस्






