Syangja Dainik Media
निकासी कर नतिरी खसी–बोका ओसार्ने बोलेरो जरिवानामा

स्याङ्जाको बिरुवा गाउँपालिकामा पालिकालाई बुझाउनुपर्ने निकासी कर नतिरी खसी–बोका ओसारपसार गरिरहेको बोलेरो जिपलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार बुधबार साँझ  प्रहरी चौकी बिरुवाअर्चलेबाट खटिएको गस्ती टोलीले बिरुवा गाउँपालिका–४ बाँहुदेखि स्याङ्जा सदरमुकामतर्फ आउँदै गरेको ग ३ च ३१८४ नम्बरको बोलेरो जिप चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा पालिकामा बुझाउनुपर्ने निकासी कर नतिरी ३२ वटा खसी–बोका ओसारपसार गरिरहेको भेटिएपछि प्रहरीले जिप नियन्त्रणमा लिएको थियो ।

प्रहरीले आवश्यक कानुनी कारबाहीका लागि जिपलाई बिरुवा गाउँपालिकाको कार्यालयमा बुझाएको थियो । गाउँपालिकाले जिपधनीलाई पाँच हजार छ सय रुपैयाँ जरिवाना गरी छाडेको सूचना अधिकारी अवस्थीले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update