Syangja Dainik Media
चापाकोटका वडा अध्यक्षमाथि मोसो छ्यापियो

स्याङ्जाको चापाकोट नगरपालिका–१ का वडा अध्यक्ष भूपराज ओस्तीमाथि सोमबार मोसो छ्यापिएको छ । वडामा सार्वजनिक सुनुवाइ गर्ने विषयमा पटक–पटक सहमति जनाए पनि कार्यान्वयन नगरेको आरोप लगाउँदै आएका केही युवाले वडा अध्यक्षमाथि मोसो छ्यापेका हुन् ।

मोसो छ्याप्ने समूहमा को–को संलग्न थिए भन्ने खुलेको छैन । घटनामा संलग्न कसैलाई पनि हालसम्म पक्राउ गरिएको छैन ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौर र प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेले राष्ट्रसेवक कर्मचारी तथा जनप्रतिनिधिमाथि यस प्रकारको व्यवहार गर्ने जोसुकै भए पनि कानुनबमोजिम कारबाही गरिने बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी घिमिरेले घटनामा संलग्नलाई नियन्त्रणमा लिने विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको र दोषी पहिचान भएपछि कानुनअनुसार कारबाही हुने बताए ।

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update