Syangja Dainik Media
प्रथम स्व. कमल पोख्रेल स्मृति कप, पुरुष भलिबल प्रतियोगिता हुने

पुतलीबजार नगरपालिका -७ बाच्पुरमा प्रथम स्व. कमल पोख्रेल स्मृति कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

'स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद' भन्ने मुल नाराका साथ साहारा युवा क्लबले साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेको क्लबका सचिव प्रेम बहादुर थापा (सिजन)ले जानकारी दिए ।

SDO_SYJ ADS

यहि पौष १२ गतेदेखि बाच्पुर खेलमैदानमा हुने पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टिमले ६० हजार एक सय पाँच रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । द्वितीय हुनेले ४० हजार एक सय पाँच, तृतीय हुनेले २० हजार एक सय पाँच र सान्त्वना हुनेले १० हजार एक सय पाँच रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, सेटर, ब्लकर र डिफेन्डरलाई पनि पुरस्कृत गरिने खेल संयोजक अमृत केसीले बताए ।

त्यस्तै, कार्यक्रममा छेलो फाल्ने, कुर्सी दौड, रसी तान्ने र घैंटो फुटाउने प्रतियोगिता पनि रहने क्लबका सचिव थापाले बताए ।

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update