Syangja Dainik Media
घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

अर्जुनचौपारी गाउँपालिका–४ सुनारटोलकी ३५ वर्षीया सविता सुनार सोमबार बिहान घाँस काट्न मेलपानी भिरमा पुगेकी थिइन् । घाँस काट्ने क्रममा अचानक चिप्लिएर उनी करिब ४ सय मिटर तल खसेर घाइते भएकी थिइन् ।

प्रहरीले घाइते सुनारलाई उपचारका लागि पुतलीबजारस्थित प्रदेश अस्पताल लगेको थियो ।

अस्पताल पुर्‍याइएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update