स्याङ्जाको मालुङ्गा सडकखण्डमा ढलेको रुख हटाइयो
स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गामा सिद्धार्थ राजमार्गमा ढलेको रुख हटाएपछि सो क्षेत्रको सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको छ ।
अविरल वर्षाका कारण शुक्रबार दिउँसो माथिबाट पहिरोसहित खयरको रुख ढलेर सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
सडक अवरुद्ध भएपछि सडकमा ढलेको रुख पन्छाएर यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३ १३:२९
प्रतिक्रिया दिनुहोस्






