Syangja Dainik Media
प्रेस सेन्टर स्याङ्जाको अध्यक्षमा केपी खनाल

प्रेस सेन्टर नेपाल स्याङ्जाको अध्यक्षमा खेम प्रसाद खनाल (केपी) चयन भएका छन् । प्रेस सेन्टर नेपाल स्याङ्जाको छैठौं अधिवेशनले खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । 

आइतबार सम्पन्न अधिवेशनले आगामी तीन वर्षका लागि १५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ । सेन्टर स्याङ्जाको महिला उपाध्यक्षमा कामना सुनार, सचिवमा शालिकराम पोख्रेल, सहसचिवमा सपना अर्याल र इन्दिरा फुङ्जाली, कोषाध्यक्षमा तारा कुमार परियार रहेका छन् ।

SDO_SYJ ADS

सदस्यहरुमा कृति लम्साल, तुलसी पोख्रेल, उदयराज भण्डारी, शेर बहादुर थापा र इसिका गहतराज चयन भएका छन् । तीन सदस्य पछि थप गरिने प्रेस सेन्टर स्याङ्जा शाखाले जनाएको छ ।

अधिवेशनमा बोल्दै नेकपा माओवादी केन्द्रीय सदस्य तथा स्याङ्जा जिल्ला इन्चार्ज शैलेन्द्र घिमिरे, जिल्ला संयोजक लोकेन्द्र थापा मगर, प्रेस सेन्टर गण्डकी प्रदेश अध्यक्ष अर्जुन काफ्ले, सेन्टर केन्द्रीय सदस्य प्रतीक्षा काफ्लेलगायतले आवाज बिहिनको आवाज बनेर पत्रकारिता गर्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update