Syangja Dainik Media
स्याङ्जा ट्राफिकले संकलन गर्‍यो झण्डै ७० लाख रुपियाँ राजस्व

जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले चालू आर्थिक वर्ष २०८१/०८२ मा झण्डै ७० लाख रुपियाँ राजस्व संकलन गरेको छ । यस आर्थिक वर्षको साउन महिनादेखि पुस महिनासम्मको अवधिमा कुल ६८ लाख चार हजार रुपियाँ राजस्व संकलन गरेको कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक भुपेन्द्र प्रसाद गौलीले जानकारी दिए ।

कार्यालय प्रमुख गौलीका अनुसार साउनमा नौ लाख ८३ हजार पाँच सय रुपियाँ, भदौमा आठ लाख ९३ हजार रुपियाँ, असोजमा एघार लाख १२ हजार पाँच सय रुपियाँ, कार्तिकमा १४ लाख बीस हजार पाँच सय रुपियाँ,  मङ्सिरमा एघार लाख ९८ हजार पाँच सय रुपियाँ  र पुसमा १२ लाख ३६ हजार रुपियाँ राजश्व संकलन भएको छ ।

SDO_SYJ ADS

चालू आर्थिक वर्ष २०८१/०८२ को ६ महिनाको अवधिमा सबैभन्दा धेरै मोटरसाइकललाई गरिएको कारबाहीबाट २३ लाख आठ हजार रुपियाँ र सबैभन्दा थोरै ट्याक्टरलाई गरिएको कारबाहीबाट चार लाख ५२ हजार रुपियाँ राजस्व संकलन भएको कार्यालय प्रमुख गौलीले बताए ।

यस्तै, नौ सय ७३ ट्रकबाट सात लाख ३६ हजार रुपियाँ,  एक हजार दुई सय ७० बसबाट नौ लाख ६६ हजार रुपियाँ, एक हजार नौ सय ४५ जीप, कार र भ्यानबाट १५ लाख एक हजार रुपियाँ तथा एक हजार एक सय ४९ अन्य सवारीसाधनहरुमाथि गरिएको कारबाहीबाट आठ लाख ४१ हजार रुपियाँ राजस्व संकलन भएको प्रहरी नायब निरीक्षक गौलीले जानकारी दिए ।

६ महिनाको अवधिमा जिल्लामा विभिन्न ६ दुर्घटनामा परेर दुईजनाको मृत्यु र ६ जना घाइते भएको तथ्यांक रहेको ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update