Syangja Dainik Media
रुखबाट लडेर एक महिलाको मृत्यु

स्याङ्जाको गल्याङ नगरपालिका -२ घ्याङ्सिंङडाँडामा बिहिबार रुखबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६१ वर्षीया पोविसरा थापा रहेकी छन् ।

आफ्नै बारीमा रहेको गिधरीको रुखमा घाँस काट्ने क्रममा अचानक रुखबाट लडेर थापा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए ।

थापालाई उपचारका लागि गल्याङ नगर अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको निरीक्षक श्रेष्ठले बताए । उनले घटनाबारे थप अनुसन्धान जारी रहेको बताए ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update