Syangja Dainik Media
विद्यालयको कोठामा बालयौन दुरुपयोग गरेको आरोपमा एकजना पक्राउ

स्याङ्जा प्रहरीले विद्यालयको कोठामा १५ वर्षीया किशोरीलाई बालयौन दुरुपयोग गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाणगङ्गा वडा नं – ५, कपिलवस्तु, लुम्बिनीका ३१ वर्षीय नरेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए । 

SDO_SYJ ADS

गत पुस २६ गते ती किशोरीलाई विद्यालयको कोठामा करणी गर्ने मनसायले बालयौन दुरुपयोग गरेको हुँदा क्षतिपूर्ति समेत दिलाई भराई पाउँ भन्ने जाहेरीका आधारमा चौधरीलाई बिहिबार चितवनबाट पक्राउ गरिएको डिएसपी पौडेलले बताए । 

पक्राउ परेका चौधरीमाथि बालयौन दुरुपयोग सम्बन्धी मुद्दामा स्याङ्जा अदालतबाट म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update