Syangja Dainik Media
युवतीलाई जबर्जस्ती करणी गर्ने हरिनासका एकजना पक्राउ
SDO_SYJ ADS

स्याङ्जाको हरिनास गाउँपालिका -४ हटियाका ४५ वर्षीय टुक बहादुर थापालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको छ ।

हरिनास गाउँपालिका -४ हटियाकी एक ३१ वर्षीय राम्रोसँग बोल्न नसक्ने बौद्धिक अपांगता भएकी युवतीलाई ललाई फकाई जङ्गलमा धाकधम्की दिएर जबर्जस्ती करणी गरेकोमा थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।

डर त्रासमा पारेर जबर्जस्ती करणी गरेकोमा पक्राउ परेका थापालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जामा राखिएको डिएसपी पौडेलले बताए ।

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update