Syangja Dainik Media
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा

राष्ट्रिय मगर एकता दिवसका अवसरमा स्याङ्जाका आठवटा पालिकाले सार्वजनिक बिदा दिएका छन् । ४३ औं राष्ट्रिय मगर एकता दिवसका अवसरमा यहाँका आठवटा पालिकाले फागुन १५ गते सार्वजनिक बिदा दिएका हुन् ।

पाँच नगरपालिका र छ गाउँपालिका रहेकोमा सार्वजनिक बिदा दिनेमा पाँचै नगरपालिका चापाकोट, गल्याङ, वालिङ्, भीरकोट, पुतलीबजार र गाउँपालिका मध्ये कालीगण्डकी, बिरुवा र हरिनास रहेका छन् । 

SDO_SYJ ADS

अधिकांश मगर जातीको बाहुल्यता रहेको र मगर संस्कृति संरक्षणका लागि सार्वजनिक बिदा दिइएको सम्बन्धित पालिकाले जनाएका छन् ।

सम्बन्धित पालिका अन्तर्गतका सबै सार्वजनिक निकायहरु पालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था लगायतका सार्वजनिक संघसंस्थाहरुमा विभिन्न मितिमा निर्णय गरेर बिदा दिने निर्णय गरिएको पालिकाहरुले जानकारी गराएका छन् ।

यहाँका अर्जुनचौपारी गाउँपालिका, आँधीखोला गाउँपालिका र फेदीखोला गाउँपालिकाले भने मगर जातीको प्रभाव नरहेकाले बिदा नदिएको बताएका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update