Syangja Dainik Media
जबरजस्ती करणी मुद्दाका फरार समाजवादी नेता पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार नेकपा एकीकृत समाजवादीका नेता पक्राउ परेका छन् । जबरजस्ती मुद्दामा फरार स्याङ्जाको पुतलीबजार नगरपालिका – १४ का विष्णु गिरीलाई स्याङ्जाबाट पक्राउ गरिएको हो ।

गिरीलाई स्याङ्जाबाट पोखरा लगिएको छ । नेकपा एकिकृत समाजवादी पार्टी, गण्डकी प्रदेशका उपाध्यक्ष र स्याङ्जा जिल्लाका अध्यक्षसमेत रहेका गिरीलाई नाबालिकलाई करणी गरेको आरोप छ ।

SDO_SYJ ADS

फरार रहेका गिरीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले खोजतलास गर्नका लागि पत्राचार गरेकोमा स्याङ्जा प्रहरीले गिरीलाई उनकै घरबाट पक्राउ गरी कास्की प्रहरीलाई जिल्ला लगाइएको स्याङ्जा प्रहरीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।

पक्राउ परेका गिरीलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा जबरजस्ती करणी मुद्धामा छ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  २०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update