Syangja Dainik Media
कालीगण्डकी नदीमा हाम फालेर एक बेपत्ता
SDO_SYJ ADS

स्याङ्जाको चापाकोट नगरपालिका – १ तेउनासस्थित कालीगण्डकी नदीमा हाम फालेर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा पाल्पा रामपुर नगरपालिका – १० कुमालटोल बस्ने ५८ वर्षीय मेघनाथ कुमाल रहेका छन् ।

आइतबार करिब २ बजे वैदेशिक रोजगारीको सिलसिलामा बाहिर रहेको छोरीलाई सामान पठाउन भनी घरबाट हिँडेका कुमाल सामान पठाउने ठाउँमा नपुगी कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक प्रवेश तिवारीले बताए ।

इलाका प्रहरी कार्यालय चापाकोटबाट खटेको प्रहरी टोलिद्वारा बेपत्ता कुमालको खोजी कार्य जारी रहेको निरीक्षक तिवारीले बताए । 

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update