Syangja Dainik Media
महिला स्वास्थ्य स्वयंसेविकालाई काममा जाँदा सार्वजनिक गाडीमा भाडा नलाग्ने

स्वास्थ्य सेवामा क्रियाशील महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले यही कात्तिक १५ गतेबाट आफ्नो कार्यक्षेत्र भित्र तोकिएको कामको सिलसिलामा आवतजावत गर्न निःशुल्क यातायात सुविधा पाउने भएका छन् ।

स्वास्थमन्त्री प्रदीप पौडैलको उपस्थितिमा आज नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाबीच सम्झौता भएको छ ।

SDO_SYJ ADS

यस व्यवस्थाले देशैभरका ५२ हजार भन्दा बढी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई थोरै भए पनि लाभ हुने विश्वास लिएका मन्त्री पौडैलले बताए ।

योसँगै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको थप क्षमता विकासका लागि आवश्यक तालिम तथा सीप मूलक कार्यक्रमको प्याकेज समेत चाँडै सार्वजनिक गरी सञ्चालन गर्ने मन्त्री पौडेलले भनेका छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update