आगलागीबाट पन्ध्र लाख बराबरको क्षति

स्याङ्जाको वालिङ् नगरपालिका – ६ मिर्दीस्थित सिरक डसना उद्योगमा आगलागी हुँदा करिब पन्ध्र लाख बराबरको क्षति भएको छ ।
शुक्रबार दिउँसो आलमदेवी सिरक डसना उद्योगमा चलिरहेको मेसिनमा अचानक बिजुली सट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
आगलागीबाट कपडा पेल्ने मेसिनलगायत फाइवर लत्ताकपडा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिए ।
आगलागीबाट मानवीय क्षति नभएपनि आगलागी नियन्त्रणमा आउँदासम्म करिब चौध लाख पचास हजार बराबरको क्षति भएको प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२ ०६:५८
प्रतिक्रिया दिनुहोस्