आगलागीबाट करिब बीस लाख क्षति

स्याङ्जाको पुतलीबजार नगरपालिका – ७ रयालेस्थित एक घरमा आगलागी हुँदा करिब बीस लाख बराबरको क्षति भएको छ ।
शनिबार बिहान स्थानीय खिम बहादुर खत्रीको ढुङ्गा, माटोले बनेको र जस्ताले छाएको दुई तले कच्ची घरमा अचानक बिजुली सट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
आगलागीबाट घर पूर्ण रुपमा नष्ट जलेको, सुनका गरगहना करिब छ तोला, नगद सत्तरी हजार, भाडाकुडा तथा लत्ताकपडा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिए ।
आगलागीबाट मानवीय क्षति नभएपनि आगलागी नियन्त्रणमा आउँदासम्म करिब बीस लाख बराबरको क्षति भएको प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२ १७:५०
प्रतिक्रिया दिनुहोस्