एमाले नेता प्रदीप नेपालको निधन

एमाले नेता प्रदीप नेपालको निधन भएको छ ।
पूर्व मन्त्रीसमेत रहेका नेता नेपालको ७१ वर्षको उमेरमा मंगलबार दिउँसो सवा चार बजे नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
उनी लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए ।
रोगले शिथिल बनाउँदै लगेपछि उनी राजनीतिबाट निष्क्रिय बनेका थिए ।
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२ १७:३७
प्रतिक्रिया दिनुहोस्