Syangja Dainik Media
विपद् तथा मानवीय संवेदनामा प्रदेश सरकार अभिभावकीय भूमिका निर्वाह गर्छ; मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् तथा मानवीय संवेदनासँग प्रत्यक्ष जोडिएको विषयमा प्रदेश सरकारले अभिभावकीय भूमिका निर्वाह गर्ने बताएका छन् ।

पुतलीबजार नगरपालिका –४ गणेशपुरमा गण्डकी प्रदेश सरकारको सहयोगमा गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको आयोजना र जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा विपद् गुल्म बाग्लुङको सहयोगमा गरिएको विपद् प्रतिकार्य सम्बन्धी समुदाय खोज तथा उद्धार तालिम तथा प्रर्दशनीमा मुख्यमन्त्री पाण्डेले मङगलबार सो कुरा बताएका हुन् ।

विपद्को सम्भावित खतरा न्यूनीकरण र विपद् पछिको खोज, उद्धार, उपचार, राहतलगायतका काममा सरोकारवाला सबै एकजुट भएको खण्डमा ठुला विपद्को सहजै सामना र सहजिकरण हुने उनको भनाइ थियो ।

विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले वार्षिक रुपमा आर्थिक स्रोतको पनि सुनिश्चतता गरेको बताउँदै मुख्यमन्त्री पाण्डेले प्रदेश स्तरमा नघट्ने गरी १० करोड र जिल्ला स्तरमा १० लाख नघट्ने गरी विपद् व्यवस्थापन कोष सञ्चालन गरेको बताए ।

विपद्बाट भएको क्षती न्यूनीकरण गर्दै थप क्षती हुन नदिन स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसमा तत्काल बजेट व्यवस्थापन गर्ने गरिएको उनको भनाइ थियो ।

विपद्का बेला छिटो उद्धार, उपचार र राहतमा सघाउन सक्ने गरी यस्ता तालिम, प्रशिक्षण दिने, यन्त्र उपकरणहरु सहयोग गर्ने, सुरक्षाकर्मीको मनोबल बढाउने, आवश्यक सामाग्रीहरु सहयोग गर्ने काम प्रदेश सरकारले गरिरहेको मुख्यमन्त्री पाण्डेले बताए ।

संघ सरकारले हस्तान्तरण गरेको प्रादेशिक आपतकालीन गोदाम घर र आवश्यक सामग्रीले विपद् पूर्व तयारीमा प्रदेश सरकारकालाई ठूलो मद्दत पुग्ने विश्वाश लिएको उनको भनाइ थियो । 

विपद्को समयमा जहिलेपनि पहिलो उद्धारकर्ता स्थानीय व्यक्तिहरु नै हुने बताउँदै मुख्यमन्त्री पाण्डेले यदी स्थानीय व्यक्तिहरु विपद् उद्धार प्रकृयासँग थोरै मात्र पनि जानकार हुने हो भने मानविय क्षतिलाई धेरै हदसम्म कम सकिने बताए ।

नेपाल प्रहरी शान्ति सुरक्षा कायम गर्ने निकाय मात्र नभएर विपद्को घडीमा जनताको नजिक पुगेरसुख दु:खको सारथीको रुपमा आफूलाई स्थापित गर्नेछ भन्दै मुख्यमन्त्री पाण्डेले सबै सुरक्षा निकायले जोखिमपूर्ण धरातलमा गरेका उद्धार कार्यको प्रशंसा समेत गरे ।

यहाँ भीरमा लड्दा, सवारीसाधन दुर्घटना, आगालागी र विद्युतीय आगालागीमा कसरी बचाउने विपद्सम्बन्धी नमुना अभ्यास गरिएको थियो भने ३० जनालाई तीन दिने समुदाय खोज तथा उद्धार तालिम दिइएको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  २१:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update