Syangja Dainik Media
कोशीका मुख्यमन्त्री कार्कीलाई भेट्दा मोबाइल बोक्न नपाइने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेट्दा अबदेखि मोबाइल फोन बोक्न नपाइने भएको छ ।

मुख्यमन्त्री कार्कीले आफूलाई भेट्न आउने आगन्तुकका लागि मोबाइल फोन प्रयोग निषेध गर्ने निर्णय गरेका छन् ।

मुख्यमन्त्रीको सचिवालयका अनुसार यो निर्णय सुरक्षा सतर्कता र गोपनीयता सुनिश्चित गर्नका लागि गरिएको हो । मुख्यमन्त्री कार्यालय प्रवेश गर्ने प्रत्येक आगन्तुकलाई अब मोबाइल फोन बाहिरै राख्नुपर्नेछ ।

यस्तो निर्णयपछि अब भेटघाटमा सहभागी हुनेहरूले कुनै पनि प्रकारको अडियो वा भिडियो रेकर्डिङ, लाइभ प्रसारण वा फोटो खिच्न पाउने छैनन् ।

यो निर्णयले सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया जन्माएको छ ।

मुख्यमन्त्री कार्कीको यो कदमलाई कतिपयले प्रदेश सरकारको कार्यशैलीमा शिष्टाचार र मर्यादा कायम गर्न गरिएको पहलका रूपमा लिएका छन् । अर्कोतिर केहीले लोकतान्त्रिक कार्यशैलीमा पारदर्शिता घटाउने संकेतका रूपमा पनि व्याख्या गरेका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ १, २०८२  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update