काठमाडौंबाट माइक्रो बस चोरी गर्ने स्याङ्जाका युवक पक्राउ

प्रहरीले माइक्रो बस चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
स्याङ्जा बिरूवा गाउँपालिका –१ घर भइ काठमाडौँ महानगरपालिका –१६ बनस्थली बस्दै आएका १९ वर्षीय सुदिप थापालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरको पार्किङ स्थलबाट बागमती प्रदेश ०१–००२ ज ६७६६ नम्बरको इलेक्ट्रोनिक माइक्रो बस सोमबार (वैशाख २९ गते) चोरी भएको थियो ।
प्रहरीका अनुसार माइक्रो बस चोरी गरी सुदिपले चलाएर धादिङ पुर्याएका थिए । उनलाई उक्त सवारीसाधनसहित जिल्ला प्रहरी कार्यालय धादिङको समन्वयमा नियन्त्रणमा लिइएको हो ।
सुदिपमाथि चोरी सम्बन्धी कसूर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०८२ ०८:४७
प्रतिक्रिया दिनुहोस्