Syangja Dainik Media
कास्की केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

कास्कीको पोखरा आसपास भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो १ बजेर ५९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्पको केन्द्र कास्कीको सिनुवा आसपास रहेको र भूकम्प ४.७ म्याग्निच्युडको रहेको अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का कास्की, स्याङ्जा, तनहुँ, बागलुङ र पर्वत जिल्लामा महसुस गरिएको थियो ।

यसअघि वैशाख ३१ गते सोलुखुम्बुको छेस्काम केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ ७, २०८२  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update